गृहमा ६ जिल्लाको सिडिओ पठाउन ५ सहसचिव


काठमाडौं। गृह मन्त्रालयमा ६ जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाउन ठाउँ खाली देखिन्छ। रामेछाप, सिन्धुली, महोत्तरी, दैलेख, प्युठान र कञ्चनपुरमा सिडिओ रिक्त भएका छन्। ति जिल्लामा सिडिओ पठाउन ५ सहसचिव गृह मन्त्रालयले पाएको हो।

गृहमा सहसचिवहरू दिपक लामिछाने, शिवप्रसाद रेग्मी, गिताकुमार होमोगाई, वीरेन्द्रकुमार मिश्र र विमलप्रसाद बराल पुगेका छन्। रामेछाप, दैलेख र प्युठानमा सहसचिव सिडिओ खाली थिए। महोत्तरीका सिडिओ इन्द्रदेव यादवको अर्थ मन्त्रालय, सिन्धुलीको सिडिओ स्किम श्रेष्ठको अख्तियार र कञ्चनपुरका सिडिओ मदन कोइरालाको राष्ट्रपति कार्यालयमा सरूवा भएसँगै ६ जिल्लामा सिडिओ रिक्त भएको हो।

गृहको अतिरिक्तमा रहेका सहसचिव प्रदीपकुमार कोइरालाको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा भएको छ। दुई महिना पनि जागिर नरहेका कोइरालालाई गृहको अतिरिक्तभन्दा सामान्यको अतिरिक्तमा हाजिर गर्न सहज हुने देखिन्छ। गृह कै अतिरिक्तमा रहेकी अर्की सहसचिव बिनु बज्राचार्य कुँवर सञ्चार मन्त्रालय पुगेकी छिन्। रामेछापको सिडिओबाट गृहको जगेडामा तानिएकी सहसचिव बिनु सञ्चारमा पुगेकी हुन्। गृहमा ५ सहसचिव भित्रिए पनि उनीहरू आवश्यकताभन्दा कम देखिन्छन्। यिनीहरूबाटै गृहले सिडिओ व्यवस्थापन गर्नुपर्ने अवस्था देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ