भुटानबाट तीन लाख अस्ट्राजेनेका खोप आईपुग्यो


काठमाडौं । भुटानले नेपाललाई सापटीस्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप आईपुगेको छ ।
भुटानले दिएको तीन लाख डोज अस्ट्राजेनेकाको खोप शुक्रबार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौं आइपुगेको हो ।
स्वास्थ्यका अधिकारीहरुले बताए अनुसार आफ्ना नागरिकलाई खोप लगाइसकेपछि बाँकी रहेको ३ लाख डोज नेपाललाई दिएको हो ।

गत फागुन अन्तिम साता कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्ष र त्योभन्दा बढी उमेरका करिब १३ लाख वृद्धवृद्धाले हाल सम्म पनि दोस्रो डोज खोप पाएका छैनन् । हाल सम्म नेपालमा अमेरिका, भारत र चीनको खोप प्रयोग भएको छ । कुल जनसंख्या मध्ये ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा लगाएका छन् । त्यस्तै २१ लाख ३० हजार ९ सयले दोस्रो मात्रा लगाएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com