स्वास्थ्यमन्त्रीलाई विवादमा ल्याउन डा. पुकारको ‘प्रचण्ड’पथ


काठमाडौं । योग्यता र क्षमता भएर पनि विवादै विवादमा मुछिएका डाक्टर हुन डा. पुकार चन्द्र श्रेष्ठ । उनी प्रत्यारोपणमा नेपालमा राम्रा चिकित्सक मध्ये पर्छन् । तर, उनको विगतको इतिहास विवाद मात्रै छ । आर्थिक दृष्टिकोणमा महालेखादेखि अख्तियारसम्मले डामेका चिकित्सकमा पर्छन् ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा करोडौंको भ्रष्टाचारको मुद्दा हाल्नका लागि तयारी अवस्थामा छ ।

महालेखा परीक्षकको कार्यालयले पनि मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक हुँदा करोडौंको अनियमिता र बेरूजु औल्याएको छ । तर उनलाई अहिलेसम्म कसैले छुन सकेको छैन । डा. पुकार पद र पावरलाई राम्रोसँग खेलाउन सक्ने खुबी भएका चिकित्सक पनि हुन् । कसलाई कति बेला प्रयोग गर्दा आफु फाइदा लिने ठाउँमा पुग्नु भन्ने उनलाई राम्रो ज्ञान छ । मिडिया म्यानेजमेन्टमा पनि अब्बल मानिन्छन् । त्यसैले गर्दा उनको विषयमा अख्तियारको विस्तृत छानबिन र महालेखा परीक्षकको कार्यालयले देखाएको अनियमितताको प्रतिवेदनमा राज्यका निकायहरू मौन देखिन्छन् । आफ्नो बदमासीको यत्र तत्र सर्वत्र व्यवस्थापन गर्न सफल दरिए पनि डा. पुकार कुशल व्यवस्थापन भने होइनन् । उनी कुशल प्रत्यारोपण चिकित्सक भएपनि कुशल प्रशासन नभएको महालेखा परीक्षकको कार्यालयले उनले नेतृत्व गरेको समयमा मानव अंग प्रत्यारोपण केद्रको बेथितिसम्बन्धी प्रतिवेदनमा औल्याएको कुराले प्रष्ट हुन्छ ।

पुकारलाई विवादमा ल्याउन उनको श्रीमती नवीना श्रेष्ठको पनि विशेष भूमिका रहेको चर्चा हुने गर्छ ।
डा. पुकार शक्ति केन्द्र रिजाएर  पुन : केन्द्रको नेतृत्वका जान ज्यान दिएर लागेका छन् । शक्ति केन्द्र मिलाउने उनले जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा चर्चामा आइरन्छ ।  मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा लविइङ गर्नु त्यसैको पछिल्लो उदाहरण हो । विगतमा उनको कार्याकाल भर विवाद मात्रै उब्जाएका डा: पुकार पुन त्यहिँ संस्थामा जान शक्ति केन्द्रको दुरुपयोग गरिहेको पाइएको छ ।

सहिद धर्मभक्त माथेमा  राष्ट्रिय अंग प्रत्यारोपणको कार्यकारी निर्देशक बन्न डा. पुकारले ‘प्रचण्ड’पथ अंगालेको चर्चा  स्वास्थ्य  क्षेत्रमा सुरू भएको छ । केन्द्रको कार्यकारी निर्देशक बन्न स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका शेर बहादुर देउवा, नेकापा एकीकत समाजवादीका अध्यक्ष माधव नेपालसम्म पहुँच पुर्‍याएका उनको पछिल्लो समय खुमलटार यात्रा सुरू गरेका छन् ।

बालुवाटारबाट ग्रीन सिग्नल नपाएपछि डा. पुकार  माओवादी केन्द्रका अध्यक्ष निवास  खुमलटार धाउन थालेका हुन् । प्रचण्डलाई प्रयोग गरेर केन्द्रको कार्यकारीमा जान दबाब दिन थालेपछि डा. पुकार ‘प्रचण्ड’पथमा लागेको भनेर स्वास्थ्य क्षेत्रमा व्यंग्य गर्न थालिएको छ । केन्द्रमा हाल रहेका डा. प्रेम ज्ञवालीलाई बहिर्गमन गरी उनी सो जिम्मेवारी हत्याउन आवश्यक पर्ने सबै शक्ति प्रयोग गरिरहेका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई असफल बनाउन उनको यो भूमिका प्रमुख देखिएको छ ।

डा. पुकारले एमाले, कांग्रेस, फेरम, राजपा, माओवादीका सबै नेताबाट स्वास्थ्य राज्यमन्त्रीलाईसमेत दवाव दिन लगाइरहेका छन् । स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार उनी वीर अस्पतालमा भन्दाबढी स्वास्थ्य मन्त्रालयमा हुने गरेका छन् । स्वास्थ्य राज्यमन्त्रीकोमा धर्ना कसेर पदको लबिइङ गरिरहेको स्वास्थ्यका अधिकारीहरुको भनाइ छ । पछिल्लो समय प्रचण्ड नै उनलाई  अंग प्रत्यारोपण केन्द्र लैजानु पर्छ भनेर अडान लिन थालेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउछन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##dr pukar shrestha, ##dr roshan pokharel, ##prachanda, ##sher bahadur dauba, ##umesh shrestha

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com