स्वास्थ्यलाई अत्यावश्यक पानीमा ओली ब्रान्ड, पानीदेखि कण्डमसम्म ब्रान्डिङ!


काठमाडौं ।  स्वास्थ्यका लागि अत्यावश्यक पर्ने खानेपानीको बोत्तलमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको फोटो टाँसेर ब्रान्डिङ गरिएको छ  ।  नेकपा एमालेको विधान महाधिवेशनमा उनको फोटो राखेर जताततै प्रचार गरिएको हो ।

ओलीको फोटो राखेर मिनरल वाटरको बोत्तलमासमेत ब्रान्डिङ गरिएपछि त्यसले अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।

नेकपा एमाले ओली ब्रान्डको मिनरल  वाटर विधान महाधिवेशनमा सहभागीलाई पिउन दिइएको हो । मानिसको शरीरमा ७० प्रतिशत भाग पानीको हुन्छ । त्यमध्ये केही पानी शरीरले काम गर्ने शिलशिलामा प्रयोग हुन्छ । त्योबाहेक पिसाब, श्वास र पसिनाबाट शरीरभित्र रहेको पानी बाहिर निस्कने चिकित्सकहरु बताउँछन् ।

शरीरलाई स्वस्थ राख्न दैनिक दुईदेखि तीन लिटरसम्म पानी पिउनु पर्छ भन्ने चिकित्सकहरुको भनाइ छ । एमालेले विधान अधिवेशनमा पानीको बोत्तलमा ओलीको ब्रान्डिङ गराएर पानी खपत गराएको छ ।

ओलीका सहयोगीहरूले पानीको बोत्तलमा मात्र होइन अन्य कुरामासमेत ओलीको फोटो राखेर सजाएका छन् ।

मिनरल वाटरको बोत्तलमा ओलीको ब्रान्डिङ गर्ने मध्येका एकजना सहयोगीले स्वास्थ्य लाइभसँग व्यांग्यात्मक शैलीमा पुरुषले प्रयोग गर्ने परिवार नियोजनको साधनसमेत ओलीको ब्रान्डिङ गर्न बताए । पानीको बोत्तलमा मात्र होइन कागजदेखि कण्डमसम्म ओली ब्रान्डको बन्ने उनको व्यंग्य छ !

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com