१८ वर्ष मुनिका बालबालिकाले कहिले पाउँछन् खोप?

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ भन्छन्, 'दसैं लगत्तै'


काठमाडौं । नेपालमा जतिपनि कोभिड १९ बिरुद्धका खोप आएका छन् ति सबै १८ वर्षमाथिकाले मात्र लगाउन पाएका छन् । स्कूल खुलाउन पनि बालबालिकालाई खोप दिन जरूरी रहेको सरोकारवालाहरू बताउँछन् ।

१८ वर्ष मुनिका बालबालिकाले कहिले खोप पाउँछन् भन्ने सबैको जिज्ञासा रहेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउने आश्वासन दिए ।

आज कान्ति बाल अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको खोप दसैं लगत्तै लगाउन सुरू गर्ने उद्‌घोष गरे ।

बालबालिकालाई लगाउन मिल्ने १ करोड खोप आउने सुनिश्चितता भइसकेकोसमेत उनले जानकारी दिए । ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको राज्यमन्त्री श्रेष्ठको भनाई छ ।

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com