नेपाल डेन्टल एसोसिएसन सुनसरी शाखामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित


काठमाडौं । नेपाल डेन्टल एसोसिएसन सुनसरी शाखामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको ।

डा. मन्नु विक्रमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । २ वर्षे कार्यकाल रहने कार्यसमिति अध्यक्ष विक्रमसहित उपाध्यक्षम डा. ईन्द्र नारायण यादव, महासचिवमा डा.सुजन गौतम, सहसचिवमा डा.पदम नेपाली, कोषाध्यक्षमा डा. सुवास चन्द्र चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा डा.अशोक ऐर, डा.जितेन्द्र मण्डल, डा. पुजन आचार्य र डा. लक्ष्मण खनाल निर्विरोध चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष डा. विक्रमले केन्द्रको डेन्टल एसोसिएसनलाई जिल्लामा जोड्ने बताए । दन्त चिकित्सकहरुको व्यावसायिक हकहितका लागि आवाज उठाउने र पैरवी गर्ने दन्त चिकित्सकको ज्ञान वृद्दी र दक्षता विकासक लागि तालिम तथा सेमिनार गर्ने उनको भनाइ छ ।

जनस्तरमा दन्तरोगहरुका बारेमा चेतनामुकल अभियान संचालन गराउने विकट तथा पहुँच कम भएका जनतालाई समय समयमा निःशुल्क दन्त शिविर गर्ने लगायतका मुद्दाका साथ एसोसिएसनलाई अगाडि बढाउने नयाँ निर्वाचित अध्यक्ष डा. विक्रमको योजना छ । समग्रमा डेन्टल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनु नै एसोसिएसनको मुख्य भूमिका रहने उनको धारणा छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com