कपिलवस्तु महामारी

३ सय ७० जना अस्पताल भर्ना, केन्द्रबाट चिकित्सकको टोली गयो


काठमाडौं । विगत चार दिन देखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु हुनुका साथै सयौं मानिस सिकिस्त बिरामी परेका छन् । १८ गते बेलुकी देखि कृष्णनगर नगरिपालिमा ३, ४, ७, ८, ९ र १२ मा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय सक्रिय भएको छ । बुलुकी देखि गाउँभरका मान्छेले झाडापखाला र बान्ता गरिरहेका छन् । तिब्र गतिमा झाडापखालाले प्रकोपको रुप लिएपछि स्वास्थ्य सेवा विभाग काठमाडौंबाट विज्ञसहितको टोली पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलका अनुसार इपिडेमियोलोजिस्ट डा. शशी कँडेल, कोशलचन्द्र सुवेदी र डब्लुएचओबाट डा. रबिन गौतमलगायतलाई खटाइएको छ । उनले नेपाल प्रहरी नेपाली सेना, शशस्त्र प्रहरी, स्थानीयबासी जिल्ला स्वास्थ्यकार्यालयबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले औषधि उपचारको भरपुर प्रयोगगरी नियन्त्रणमा लिने हर प्रयास गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डा पौडेलले हाल सम्म ३७० जना अस्पताल भर्ना भइ उपचार गराएको बताए । अहिले २ सय २८ जना स्वास्थ्य सस्थाबाट निको भएर घर फर्किसकेका छन् । ११० जना अझै उपचारमा छन् । ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी अस्पतालमा रिफर गरिएको छ । बिरामी भएका मध्ये ५ जनाको दिसाको नमुना परिक्षणका लागि प्रयोगशाला लगिएको छ । उनिहरुको रिर्पोट आएको छैन । महामारीको अवस्था हेरेर सरकारले थप जनशक्ति परिचालन गर्ने छ । अहिले सबै स्वास्थ्यकर्मीलाई हाई अलर्टमा राखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com