एयर इन्डियाको जहाजमार्फत साढे २ बजे भारतीय कोभिसिल्ड खोप आउँदै


काठमाडौं । सरकारले भारतसँग किनेको १० लाख डोज कोभिसिल्ड खोप साढे दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालकअनुसार साढे दुई बजे एयर इन्डियाको जहाजमार्फत १० लाख डोप काभिसिल्ड खोप आइपुग्ने भएको हो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भारतबाट साढे दुई बजे बाँकी खोप आउन लागेको पुष्टी गरे ।
गत २०७७ माघ ५ गते सरकारले भारतीय कम्पनी सेरमसँग
कोभिसिल्ड खोप किन्ने सम्झौता गरेको थियो । प्रतिडोज ४ डलर रुपैयाँमा किन्ने सम्झौताभएको कोभिसिल्ड खोप ९ महिनापछि नेपाल आउन लागेको हो ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com