दसैँमा यसो गर्नुहोस् !


स्वास्थ्य लाइभ, दसैँ टिप्स ! 

🔴धेरै मासु नपकाउँनुस् । पाहुनाहरु मन राखिदिन एकपिस मात्रै है भन्छन् ।
🔴सागपातहरु चाँही अलिधेरै राख्नुस् किनभने प्रायःलाई दशैँका दिन साग खान मनलाग्छ ।
🔴 तास नखेल्नुस्, खेल्नै परे पिसाव रोकेर नबस्नुस्, पिसाब रोकेर बस्दा पत्ति राम्रो आउँदैन ।
🔴खानपान धेरै नै हुन्छ । त्यसैले ३० मिनेटजति भएपनि हिँडडुल गर्ने गर्नुस् ।
🔴 दक्षिणा धेरै धेरै बाँडेर आर्थिक भार नभोग्नुस् । दक्षिणा कम, आर्शीवाद धेरै दिनुस् ।
🔴 दसैँ आयो, दसैँ आयो भनेर फेसबुकतिर धेरै नलेख्नुस्, सप्पैलाई थाहा भइसक्यो दशैँ आयो ।
🔴टीक निधारमा लगाई दिनुस् । नयाँ नोटमा होइन ।
🔴दक्षिणाको पनि धेरै आश नगर्नुस् । किनभने, एकवर्षमा कमाउँन नसकेको एउटा दसैँमा कमाईदैन ।
🔴किनमेल कम गर्नुस् । खर्च गर्नलाई नेपालमा जतिपनि चाडबाड छन् ।
🔴नयाँ जुत्ताले जोश त आउँछ, तर, सडकतिरका कुकुरलाई नहान्नुस् । केही हप्तापछि त्यसैलाई पूजा गर्ने दिन पनि आउँछ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com