राजाको शैली देखाएको भन्दै प्रधानमन्त्रीले टीका लगाइदिएको भिडिओ विवादमा


काठमाडौं । दसैँको टीका लगाउने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टामा दाम राखेर ढोगेको दृश्यले प्रधानमन्त्रीलाई विवादमा ल्याएको छ ।

कोरोनामा पनि सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै आलोचना भइरहँदा खुट्टामा दाम राखेर ढोगेको भिडिओ विवादमा आएको हो । टिकटक भिडिओको दृश्यलाई लिएर राजाकै शैलीमा उच्च ओहदाका व्यक्तिले दशैमा टीका लगाइदिने क्रम नरोकिएको भन्दै धेरैले आलोचना गरेका छन्।

दसैँको टीका लगाउने क्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएको र  राजाको शैली देखाएको भनेर आलोचना भएको हो ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेलाई उठाएर टीका लगाउन लगाएको फोटो पनि विवादमा परेको छ । फोटोमा राष्ट्रपति भण्डारी सोफामा बसेर उभिएकी आमासँग दसैँको टीका ग्रहण गरेको देखिन्छ । मान्यजनबाट टीका थाप्दा उभ्याएर लगाएको भन्दै यो फोटोलाई लिएर धेरैले आलोचना गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com