मोहन वैद्य भेट्न प्रचण्ड नर्भिकमा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

दमको समस्या बढेर आइतबार नर्भिक अस्पताल भर्ना भएका वैद्यलाई भेट्न प्रचण्ड साेमबार नर्भिक अस्पताल पुगेका हुन्। वैद्य प्रचण्डका राजनीतिक गुरु हुन् ।                                     
प्रचण्डले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएकाे अस्पतालले जनाएकाे छ। नर्भिक अस्पतालले वैद्यकाे स्वास्थ्य अवस्था सुधारहुदै गएकाे प्रचण्डलाइ जानकारी गराएकाे छ ।  प्रचण्ड नर्भिक अस्पतालमा करिब २० मिनेट बसेका थिए ।
प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com