कोभिड खोपको अतिरिक्त डोज थप गर्ने नेपालको संकेत

कोरोनाविरुद्ध चार डोज खोप लगाउने बढ्दै गएका छन्


काठमाडौं । कोरोना भाइरस कोभिड –१९ विरुद्ध तयार भएका खोपको अतिरिक्त डोज लगाउन थालेको पाइएको छ । विदेशबाट नेपाल आउने नागरिकहरुले तीनदेखी चार डोजसम्म खोप लगाएर आएको पाइएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त रिपोर्टअनुसार विदेशबाट आउने नागरिकले चारपटकसम्म कोरोनाविरुद्धको खोप लगाएको पाइएको हो । विश्वका कतिपय देशमा कोरोनाविरुद्ध अतिरिक्त खोप चलाउने चर्चा चलिरहेका छन् । तर, धेरैले अतिरिक्त खोप लगाएको प्रमाणहरु स्वास्थ्य लाइभले फेला पारेको छ ।

कोरोना भाइरसको भेरियन्टमध्ये अहिले सबैभन्दा बढी खतरनाक मानिएको डेल्टा भेरियन्ट हो । जुन हाल विश्वभर नै फैलिइरहेको छ । यसले संक्रमित हुनेको संख्या तथा मृत्यु पनि बढाइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसारबाहिरबाट आउनेहरुले दुई डोज भन्दा बढी खोप लगाएका छन् । त्यस्तै नेपालबाट बाहिर जाने कतिपयले पनि तीन डोजसम्म खोप लगाएका छन् । नेपालमा भने अतिरिक्त खोप लगाउने बारे कुनै निर्णय भएको छनै ।

बुस्टर डोज भनेको खोपको अतिरिक्त डोज हो । जसले संक्रमणविरुद्ध थप सुरक्षा प्रदान गर्छ भन्ने विश्वास गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल नेपालमा पनि अतिरिक्त खोप आवश्यक पर्न सक्ने संकेत गर्छन् । फ्लूको पनि हरेक वर्ष बुस्टर डोज खोप आवश्यकता पर्छ । कोरोनाको पनि त्यस्तै हुन सक्ने उनको तर्क छ ।

अतिरिक्त खोप बारे स्वास्थ्यको जवाफ के छ ?

पहिलो डोज लगाइसकेपछि अतिरिक्त खोप नेपालमा पनि बिस्तारै सुरु गर्नुपर्ने हुन सक्छ । तर, अहिले जम्मा ४४ प्रतिशत नागरिकलाई मात्रै पहिलो डोज लगाएको खण्डमा विगतमा लगाएकालाई अतिरिक्त भन्नु र लगाउनु न्यायोचित हुँदैन ।

विश्व स्वास्थ्य संगठनको पनि एउटा रिपोर्ट सार्वजनिक भएको छ । ठ्याक्कै अतिरिक्त खोप भनेको छैन तर, कुटनीतिक रुपमा तेस्रो डोज आवश्यकता पर्न सक्छ भन्ने शब्द राखेको छ । नेपालमा सुरु नगरिए पनि नेपालबाट विदेश गएका र विदेशबाट आएका धेरैले अतिरिक्त खोप लगाएको हुन सक्छ ।

हाम्रो खोपको कभरेज बढ्दै गएपछि विगतमा जस्तो फ्रन्ट लाइनर कर्मचारीहरुलाई अतिरिक्त खोप दिनुपर्ने हुन सक्छ । खोप सल्लाहकार समितिको निर्णयपछि मात्रै नेपालले आफ्नो धारणा सार्वजनिक गर्ने छ । अहिले आफ्नो देशको अवस्था हेरेर मात्रै खोपको अतिरिक्त डोज चलाउने हो । एक डोजसमेत नपाएको अवस्थामा अतिरिक्त डोज चलाउनु उचित हैन ।

३२ प्रतिशत नागरिकले मात्रै नेपालमा पूर्ण खोप पाएका छन् । २ करोड १७ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप दिने सरकारको तयारी छ । विभिन्न फोरममा कुरा उठ्न थालेको छ । कम्तिमा पनि अबको ६ महिना निर्णय गर्न सकिँदैन । समय आएपछि सरकारले यसबारेमा बोल्ने छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##covid, ##MOHP

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com