राहादानी सम्बन्धी कसूरमा मुद्दा लागेका परराष्ट्रका सहसचिव भट्टराई १० हजार धरौटीमा रिहा
काठमाडौं। राहादानी सम्बन्धी कसूरमा मुद्दा लागेका परराष्ट्रका सहसचिव भट्टराई १० हजार धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आदेश दिएसँगै सहसचिव भट्टराई रिहा भएका हुन्।
तिब्बती शरणार्थीलाई फर्जी यात्रा अनुमतिपत्र बनाएर जर्मनी पठाउन संलग्न रहेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराईविरुद्ध मुद्दा दायर भएको थियो। सोमबार मात्र उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको थियो। मंगलबार थुनछेक बयानपछि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।
भट्टराईविरूद्ध दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने दफा प्रयोग गरेर अभियोगपत्र दायर गरिएको थियो। सजाय मागदाबी हेर्दा उनी धरौटीमा रिहा हुने सम्भावना थियो। तर जिल्ला अदालत सहसचिव भट्टराईसँग एकदम कम धरौटी मागेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस