भक्तपुर अस्पतालले करार सेवामा २४ कर्मचारी माग्यो

पलम्बरदेखि फिजिसियनसमेत करार सेवामा राख्ने तयारी


काठमाडौ । भक्तपुर अस्पतालले सेवा करारमा २४ जना कर्मचारी मागेको छ ।

अस्पतालले पाँचौ तहको पलम्बरदेखि ९ औं तहको जनरल फिजिसियनसमेत करार सेवामा राख्न खोजेको हो ।

अस्पतालको सूचनाअनुसार नवौं तहमा जनरल फिजिसियन १ जना, चेष्ट फिजिसियन १ जना, एनेस्थेसियोलोजिष्ट २ जना, प्योथोलोजिष्ट १ जना करार सेवामा भर्ना लिन खोजेको छ । भक्तपुर अस्पतालले माइक्रोबायोलोजिष्ट सातौं तहमा १ जना र  आईटी अफिसर छैठौं तहमा १ जना करार सेवामा लिने भएको छ ।

त्यस्तै अस्पतालले पाँचौ तहमा स्टाफ नर्स १५ जना र अप्थाल्मोलोजी असिष्टेण्ट  १ जना तथा चौथो तहमा पलम्बर १ जना करार सेवामा लिन खोजेको हो ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com