कोरोनाको डेल्टा प्लस भेरियन्ट झन खतरनाक, तीव्र गतिमा फैलिदै


काठमाडौं । बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए)ले कोरोना (कोभिड-१९) को डेल्टा प्लस भेरियन्ट झन खतरनाक रहेको जनाएको छ ।

युकेएचएसए डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्टको तुलनामा झन् चाँडो फैलिने निष्कर्ष निकालेको हो । बेलायतमा कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेको अवस्थामा नयाँ तथ्य फेला परेको हो । यद्यपि यो भेरियन्टले गम्भीर प्रकारको असर नपुर्‍याउने यूकेएचएसए अध्ययनले देखाएको छ ।

बेलायतसँगै, अमेरिका, डेनमार्क, क्यानडालगायतका देशमा पनि अहिले डेल्टा प्लस भेरियन्ट फैलिएर संक्रमितको संख्या ह्वात्तै बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । कतिपय देशले कोरोनाविरूद्धको खोपको अतिरिक्त मात्रासमेत दिएर डेल्टा प्लस भेरियन्ट रोकथामका लागि कदम चालेका छन् । नेपालमा पनि दुई डोज खोप लगाएकालाई अतिरिक्त डोज दिनुपर्ने बहस सुरू भएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com