राष्ट्रिय सतर्कता केन्द्रमा हाजिर भएको हप्तादिनमै सचिव बराल योजना आयोग सरूवा, केन्द्रको जिम्मेवारी बुढालाई
काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रमा हाजिर भएको हप्तादिनमै सचिव भूपाल बराल राष्ट्रिय योजना आयोगमा सरूवा भएको छ। केन्द्रमा भने सचिव चक्रबहादुर बुढालाई पदस्थापन गरिएको छ।
बराल गण्डकी प्रदेशको प्रमुख सचिवबाट केन्द्रमा सरूवा भएर आएको एक हप्तामै राष्ट्रिय योजना आयोगमा सरुवा भएका हुन्। योजना आयोगका सचिव रविलाल पन्थ अवकाशमा गएपछि उक्त दरबन्दीमा बुढा बढुवा भएका हुन्। केन्द्रमा रहेका बराललाई योजना आयोग सरूवा गरेर बुढालाई केन्द्रमा पदस्थापन गरिएको हो। दुबैको पत्र तयार भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनायो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस