कोरिया जाँदै हुनुहुन्छ ?, अब ५ हजार डलरको कोरोना बीमा गर्नुपर्छ


काठमाडौं । सरकारले रोजगारिको शिलशिलामा कोरिया जाने नागरिकलाई ५ हजार डलर तिरेर कोरोना कोभिड-१९ बीमा गराउनु पर्ने नयाँ व्यवस्था लागू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि कोरोना बीमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो ।

वैदेशिक रोजगार विभागको प्रस्तावअनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्युरेन्सले पोलिसी जारी गर्न तयार भएको मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि अड्किएर बसेका नेपाली कामदारले बीमा गरेको कागजात इपिएस शाखामा बुझाएर कोरिया जान प्रोसेस चाल्न सक्ने मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com