छठ पर्वको शुभकामना दिँदै स्वास्थ्यमन्त्रीले भने, ‘चाडपर्वका नामम हुने भिडभाडलाई कम पारौं’


 काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले चाडपर्वका नामम हुने भिडभाडलाई कम पार्न आग्रह गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना दिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो समय भित्रिएको र महामारीको रुपमा विश्वलाई ज्यादै दुख दिएको कोरोना अर्थात कोभिड १९ नियन्त्रणमा विभिन्न प्रयास गर्दै आएको छ’, मन्त्री खतिवडाले भनेका छन्, ‘यस रोगको प्रभाव पछिल्लो कालमा निक्कै कम पार्न हामी सफल भएका छौं । तर पनि पुर्णरुपमा नियन्त्रणमा आइ नसकेकाले यस रोगलाई कम आँक्न मिल्दैन ।’,

त्यसैले खासगरी हामीेले चाडपर्वका नाममा हुने भिडभाडलाई कम पार्न सक्नु जरुरी भएको उनको सुझाव छ । पछिल्लो पटक हामीले भन्दै आएझैं ‘स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाऔं, नेपाललाई छिट्टै कोरोना मुक्त बनाऔं ।’ भन्ने भनाई सार्थक पार्न सबैले आ-आफ्नो स्थानबाट सहयोग पुर्‍याउनु जरुरी रहेको खतिवडाको सन्देश छ ।

नेकपा (एकिकृत समाजवादी) स्थायी समिति सदस्यसमेत रहेका खतिवडाले हाम्रा सम्पत्तिका रुपमा रहेका यस्ता पर्वहरुलाई जोगाँउदै समाजलाई सांस्कृतिक एकताको शुत्रमा गाँस्न सफल छठ पर्व २०७८ ले समाजवादी आन्दोलनलाई उचाइमा पुर्‍याउने विश्वास लिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com