३१ लाख स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिक पक्राउ


काठमाडौं। ३१ लाख स्रोत नखुलेको रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौंको चौमतीबाट स्रोत उक्त रकम र विभिन्न सामग्रीसहित एक चिनियाँ नागरिक पक्राउ परेका हुन्।

काठमाडौँ महानगरपालिका वडा नं. १५, चौमतीमा डेरा गरी बस्ने ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबीलाई लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। एक घर भाडामा लिई लागु औषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ति चिनियाँ नागरिकलाई पक्राउ गरेको कोठामा खानतलासी गरेको हो। लागु औषध खानतलासीका क्रममा प्रहरीले स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगद बरामद गरेको छ।

नगद तथा बरामद सामानसहित पक्राउ परेका ति चिनियाँ नागरिकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ। उनीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ