नापी सर्भेक्षक सुडीसँग ३ करोड ७२ लाख अकुत सम्पत्ति


काठमाडौं। नापी सर्भेक्षक विन्देश्वर साह सुडीसँग झन्डै ३ करोड ७२ लाख अकुत सम्पत्ति फेला परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ बिगो कायम गरी विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सर्भेक्षक पदमा कार्यरत सुडीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार गरेको हो। वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय रुपैयाँ बढी खर्च तथा लगानी गरेको देखिएपछि साहले उक्त रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले लगाएको अभियोगमा उल्लेख छ। उनले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति,श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेको पाइएकोले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमतीलाई समेत प्रतिवादी कायम गरिएको हो।
साहविरुद्ध बिगोबमोजिम कैद र जरिवाना,गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेश गरेको कसूरमा थप सजायको माग दावी गरिएको छ। झन्डै ३ करोड ६२ लाख अकुत सम्पत्ति कमाएपछि नापी सर्भेक्षक सुडीका श्रीमान/श्रीमतीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर भएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ