फाजिलमा परेका भोजपुरको सिडिओ व्यवस्थापन, ४ जिल्लाका अझै भएनन् व्यवस्थापन


काठमाडौं। फाजिलमा परेका भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजन पौडेलको व्यवस्थापन भएको छ। भोजपुरको सिडिओमा उपसचिवको दरबन्दी कायम भएपछि पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा व्यवस्थापन गरिएको हो। भोजपुरमा अब उपसचिव सिडिओ पठाउनु पर्ने छ।

सहसचिवबाट उपसचिव सिडिओ कायम भएपछि भोजपुर, खोटाङ, सल्यान, जाजरकोट र रोल्पामा सिडिओ फाजिलमा परेका थिए। भोजपुरको सिडिओ पौडेलको फाजिल व्यवस्थापन गरिएको छ। खोटाङमा सहसचिव रेखा कँडेल, सल्यानमा सहसचिव महेन्द्रकुमार सापकोटा, जाजरकोटमा सहसचिव खडानन्द अधिकारी र रोल्पामा सहसचिव गंगाबहादुर क्षेत्री सिडिओ रहेका छन्। उनीहरूको व्यवस्थापन हुनै बाँकी छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत बलराम निरौला पनि फाजिलमा परेका छन्। उनको पनि व्यवस्थापन गरिएको छैन।

गृहको बरण्डामा ५ सहसचिव

गृह मन्त्रालयको जगेडामा भूपेन्द्र थापा, पुष्पराज शाही, श्रवणकुमार पोखरेल, चिरञ्जीवी पौडेल र बासुदेव घिमिरे रहेका छन्। उनीहरूको समेत व्यवस्थापन हुन बाँकी छ।

गृह मन्त्रालयको प्रशासन र नीति योजना महाशाखा, डोटी र सुर्खेतको सिडिओ तथा लागू औषध नियन्त्रण ब्यूरो गरी ५ ठाउँमा सहसचिव व्यवस्थापन गर्नु पर्ने देखिन्छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ