लोकसेवाले स्वास्थ्यमा ९६ कर्मचारी माग्यो


काठमाडौं । लोक सेवा आयोगले  स्वास्थ्य सेवाका आठौं तथा सातौं तह अधिकृतस्तरका पदमा ९६ कर्मचारी मागेको छ । आयोगले स्वास्थ्य सेवाका अधिकृतस्तरका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन गरेको हो ।

स्वास्थ्य सेवाको आठौँ तहका लागि विभिन्न पदमा ४० र सातौँ तहमा ५६ जनाको पदपूर्तिका लागि आयोगले विज्ञापन गरेको हो । आयोगले मेडिकल अधिकृत, नर्सिङ अधिकृत, कम्यूनिटी नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, फिजियोथेरापिष्ट, वायोमेडिकल इञ्जिनियर, रेडियोग्राफी टेक्नोलोजिष्ट लगायतका पदमा परिक्षा लिन खोजेको हो । मंसिर १४ गतेभित्र आवेदन दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

आयोगले मेडिकल अधिकृत खुल्लातर्फ २० जना माग गरिएको छ । महिलातर्फ ६, आदिवासी जनजाती ४, मधेसी १, पिछडिएको क्षेत्रका लागि १ मेडिकल अधिकृतको मागेको हो । यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुने पनि सूचनामार्फत प्रस्ट पारेको छ ।

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com