प्रचण्डले स्वास्थ्य केन्द्र उद्‌घाटन गर्दा दिएको सार्वजनिक बिदा २४ घण्टा टिकेन


काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य केन्द्र उद्‌घान गर्न आउने भएपछि दिएको सार्वजनिक बिदा २४ घण्टा टिक्न सकेन ।

प्रचण्ड प्रमुख अतिथि भएर आधारभूत स्वास्थ्य केन्द्र  उद्घाटनमा आउने कार्यक्रमका लागि नगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो । चौतर्फी आलोचना भएपछि सच्याइएको अर्को विज्ञाप्ति निकालेेको छ ।

नगरपालिकाको अघिल्लो विज्ञप्तिमा वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ आधारभूत स्वास्थ्य केन्द्रहरू प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको उल्लेख छ। त्यसैले सार्वजनिक बिदा दिएर समारोहमा उपस्थिति हुन् आह्वान गरिएको थियो ।

सार्वजनिक बिदाको निर्णय विवादमा परेपछि नगरपलिकाले ‘समा चकेवा’को उपलक्ष्यमा शैक्षिक संस्थाहरूमा मात्र बिदा हुने अर्को विज्ञप्ति निकालेको छ । नगर प्रमुख अशोककुमार मण्डलले हस्ताक्षर गरेको विज्ञप्तिमा भुलले सार्वजनिक बिदा पर्न गएको दाबी गरिएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com