नेपालमा पतंजलिको ‘कोरोनिल’ किट ३० हजारमा बिक्रि, औषधि व्यवस्था विभाग रमिते


काठमाडौं । दार्ता बिना नेपाल भित्रिएको कोरोना किट ‘कोरोनिल’ प्रति काटुन ३० हजार रुपैयाँमा बिक्रि भइरहेको पाइएको छ । पतंजलि योगपीठ नेपालले १८ जेठमा दर्ता बिना ल्याएको कोरोनिल किट नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

भारतमा बिवादीत रहेको सो किट तत्कालीन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र औषधि व्यवस्था विभागका उच्च अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेर पतंजलि योगपीठ नेपालले दर्ता नै नगरि विवादीत औषधि कोरोनिल किट ल्याएको हो ।

पतंजलि योगपीठ नेपाललका ट्रस्टी सालिकराम सिंहले निःशुल्क दिन ल्याएको बताए पनि केन्द्रिय कार्यालय मन्निखाटारबाट धमाधम बिक्रि भइरहेको छ । ‘पतंजलि योगपीठ नेपाल केन्द्रिय कार्यालयका एक अधिकारीले भने, ‘धान्नै नसक्ने गरी कोरोनिलको माग बढेको छ । प्रति काटुन ३० हजार रुपैयाँमा बिक्रि गरिएको छ । ल्याइदिनु भन्ने र लिन आउँनेहरुको संख्या अचाक्लि बढेको छ ।’

स्वास्थ्य लाइभ अनलाइनले गत १८ जेठमा ‘कसरी आयो दर्ता बिना १५ हजार विवादीत औषधि ‘कोरोनिल’ शिर्षकमा समाचार प्रकाशीत गरेको थियो । उक्त समाचार सार्वजनिक भएलगत्तै आयुर्वेद विभागले औषधि वितरणमा रोक लगाएको छ ।


पतंजलि योगपीठ नेपाललले ५० काटुन आयुर्वेद व्यवस्था विभागलाई दिएको थियो । १५ हजार बढी कोरोजिल किट पतंजलि योगपीठले नेपाल ल्याएको छ । अधिकारीहरुले स्वास्थ्स्य मन्त्रालय वा विभागले गोप्य रुपमा आयातका लागि पत्र दिएको हुन सक्ने आशंका गरेका छन् ।

नेपालको औषधि व्यवस्था विभागले समेत अघिल्लो वर्ष पतंजलि योगपीठ नेपालको अनुमती रोकेको थियो । तत्कालीन औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नक्कली कागजपत्र पेश गरेको भन्दै रोकेका थिए । तर, एक्कासी अहिले अनुमती बिना औषधि आउनुलाई निकै महत्वका साथ हेरिएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com