नर्भिकमा बालरोग र अर्थाेकाे निःशुल्क ओपिडी


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बालराेग र अर्थाेपेडिककाे निशुल्क ओपिडि  हुने भएको छ । अस्पतालले आगामी शनिवार दुई विशेषज्ञबाट निःशुल्क ओपिडी सेवा संचालन हुने भएकाे हाे ।

नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.विनिता जोशी र हाडजोर्नी विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।
विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. विनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा. सगुनको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।

बालरोग विशेषज्ञ डा. जोशीले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा. जोशीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com