स्वास्थ्य सचिवको नेतृत्वमा विश्व स्वास्थ्य सम्मेलनमा भाग लिन जेनेभा जाने


काठमाडौं । स्वास्थ्य सचिवको नेतृत्वमा विश्व स्वास्थ्य सम्मेलनमा भाग लिन दुई जना जेनेभा जाने भएका छन् ।

विश्व स्वास्थ्य संगठनको आयोजनामा स्विट्जरल्याल्डको जेनेभामा २९ नोभेम्वर देखि डिसेम्वर २०२१ अर्थात ०७८ मंसिर १३ देखि १५ गते सम्म संचालन हुने विश्व स्वास्थ्य सम्मेलनको विशेष शत्रमा भाग लिन स्वास्थ्य सचिव डा. रोशन पोखरेल र प्रवक्ता डा. कृष्ण प्रसाद पौडेललाई पठाउने निर्णय सरकारले गरेको छ ।

तीन दिनसम्म जेनेभामा चल्ने विषेश सत्रमा नेपालबाट भौतिक उपस्थितिमा दुई जना र नेपालबाटै भर्चुअल रुपमा ५ जना र फोकल पइन्ट एक जना मनोनयन गरिएकाे छ । उनीहरुले आगामी १५ नोभेम्बरभित्र रजिस्ट्रर गरिसक्नुपर्ने छ ।

भर्चुअल रुपमा भाग लिनेहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल, डा. गुणनिधि शर्मा, बरिष्ठ स्वास्थ्य प्रशासक भीम सापकोटा, समन्वय महाशाखा प्रमुख फोकल पइन्ट रीता भण्डारी जोशीलाई मनोनयन गरेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ