२५ लाखको लोभले कोरोनाबाट हजारौंलाई बचाएका डाक्टर जिम्मेवारीबाट हटाइए !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा स्वास्थ्यमन्त्री भएको दुई महिना नपुग्दै आर्थिक चलखेलमा जुटेको खुल्न आएको छ । तत्काल कमाई हुने बाटो नदेखेका मन्त्री खतिवडा कर्मचारी सरुवामा जुटेका छन् । अझ गज्जबको कुरा त पैसाकोपछि लागेका खतिवडाले राम्रो काम गर्ने कर्मचारी हटाइदिएका छन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले  शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बाँस्तोलाको जिम्मेवारी खोसेका छन् । कोरोनामा राम्रो काम गरेर सरकार र सरकारी अस्पतालको शिर उच्च बनाएको भन्दै उनलाई निर्देशकबाट हटाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको सरुवा फायल तयार भएको छ, तर निर्णय भइसकेको छैन ।

डा. बाँस्तोला हटाउँन माफियाहरुको टिम परिचालन भएको छ । टेकुमा अस्पतालमा राम्रो सेवा दिँदा निजी अस्पतालका बिरामीसमेत रिफर भएर टेकु आउँने गर्थे । त्यसले पनि निजी क्षेत्र उनीसँग रुष्ट हुदै आएको थियो । त्यस्तै अस्पताल भित्र हुने खरिदमा पारदर्शिता देखाउँदा त्यहाँका कर्मचारी रुष्ट छन् । डाक्टर बाँस्तोलालाई हटाएर डा. मनिसा रावललाई अस्पताल निर्देशक बनाउँने चलखेल भएको छ ।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतकाअनुसार डाक्टर बाँस्तोलालाई हटाउँन २५ लाख रुपैयाँको चलखेल भएको छ । ५ लाखको कुरा भएपनि त्यसमा नमिलेपछि २५ लाख रुपैयाँ लिएर निर्देशकबाट हटाउँन लागिएको आराेप मन्त्रीमाथी छ । पुन: कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएसँगै विश्वभर चिन्ता थपिएको छ । यस्तो बेलामा कोरोनामा लडेका डाक्टरलाई हटाएर कोरोनाका बिरामी नै नहेरेका चिकित्सकलाई जिम्मेवारी दिइनु नागरिकमाथि ठूलो धोका हुने चिकित्सकहरुले बताएका छन ।

डा. बाँस्तोला गत असार १४ गते अस्पताल निर्देशकमा नियुक्त भएका थिए । उनी अस्पताल निर्देशक भएको ५ महिना थुप्रै परिवर्तन ल्याएका छन् । जुन यस अगाडिका निर्देशकले गरेका थिएनन् । उनले अस्पतालको ओपिडी विस्तार, फार्मेसी, बिरामी, अक्सिजन ग्याँस, स्टोर, आइसियु वेड, क्वाटर, ३०० शय्याको सरुवारोग अस्पताल निमार्ण लगायतका क्षेत्रमा आमूल परिवर्तन ल्याएका छन् । अस्पताल सुधार गरेबापत उनले सरुवाको पुरस्कार भेटेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com