जापानमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरिएन्ट


काठमाडौं । एसियाली राष्ट्र जापानमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट फेला परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममाअनुसार जापानमा ओमिक्रोन भेरियन्ट देखा परेपछि कडाई गरिएको छ ।

दक्षिण अफिक्राबाट सुरु भएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट डेढ दर्जन देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा पनि ओमिक्रोन भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ ।

ओमिक्रोन भेरिएन्ट दक्षिण अफ्रिका, भारतसहित, बेलायत, अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, हङकङ, नेदरल्याण्ड, डेनमार्क, इटाली, बेल्जियम, क्यानडा, चेक रिपब्लिका, बोत्सवाना, इजरायल, स्पेन, स्वीडेन, पोर्चुगलमा फेला परिसकेको छ । कोरोनाको नयाँ भरिएन्ट ओमिक्रोन फेला पर्ने देशमा जापान पनि थपिएको हो ।

सरकारले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाए पनि ओमिक्रोन भेरिएन्ट देखा परेका यी देशबाट आउनेको विषयमा भने केही बोलेको छैन । एसियाली देशमा पनि यो भेरिएन्ट फैलदो क्रममा देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com