११३३ नम्बरमा फोन गरेर वीर अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने


काठमाडौं । ११३३ नम्बरमा फोन गरेर कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरबाट स्वास्थ्य सेवा लिन सकिने भएको छ । आजदेखि वीर अस्पतालमा यो  टेलिफोन परामर्श सेवा सञ्चालनमा आएको हो ।

वीर अस्पतालका नि. प्रमुख प्रशासकीय अधिकारी कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरेको जानकारी दिए । ११३३ नम्बरमा फोन गरेर समस्या राख्नेलाई स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरिने उनको भनाइ छ ।

फोनबाटै स्वास्थ्य सेवा दिने र स्वास्थ्यलाई नागरिक सहज पहुँचमा पुर्‍याउने उद्देश्य रहेको छ ।  विश्वस्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा यो सेवा सुरु गरिएको हो । फोनबाटै स्वास्थ्य समस्या र जिज्ञासा राख्नेलाई फोनबाटै समस्याको पहिचान र समाधान गर्ने मुख्य लक्ष्य टेलिकल्सन्टेसन सेन्टरको रहेको छ ।

टेलिकल्सन्टेसन सेन्टरको यो सेवा १४ सैं घण्टा उपलब्ध हुने  छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com