निर्वाचन आयोगले एमाले महाधिवेशन प्रतिनिधि यी स्वास्थ्यकर्मीलाई कारबाही गर्ला ?


काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई पटकपटक सार्वजनिक पदमा बहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकसमेतलई सदस्यता नदिन निर्देशन दिएको छ ।  दलको सदस्यता दिएको फेला परे त्यस्ता राजनीतिक दलको अध्यावधिक नै नगर्ने चेतावनी दिएको छ ।

नेपाली कांग्रेस, एमाले, राप्रपा, माओवादी केन्द्रको महाधिवेशन चलिरहेको अवस्थामा आयोगले त्यो विषयमा ध्यानाकर्षण गराउँदै आएको छ । तर, नेकपा एमालेको चितवनमा सम्पन्न महाधिवेशनमा केन्द्रीय कारागार अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक भवानी न्यौपाने दाहाल प्रतिनिधि बनेर सहभागी भएको खुलेको छ ।

 राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बाहलवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेकाले राजनीतिमा भाग लिन आयोगले निषेध गरेको हो ।

स्वास्थ्यकर्मी दाहाललगायत  एमाले महाधिवेशनमा सहभागी भएको पुष्टि भएकाले यो विषयमा निर्वाचन आयोगले कानुनअनुसार कारबाही गर्छ कि खुट्टा कमाउँछ हेर्न बाँकी छ ।

त्यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्वास्थ्य समितिमा वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी भूपेन्द्रकुमार बस्नेत, डा. लोचन कार्की, डा. बद्री रिजाल, रमिला चौलागाईं, रामजी घिमिरे, धनप्रसाद पौडेल  पारेकाद छन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को ठाडो उल्लंघन हो ।

निर्वाचन आयोगको चेतावनीलाई चुनौती दिने स्वास्थ्यकर्मी दाहाल लगायतको हकमा आयोगले सार्वजनिक गरेको सूचनाअनुसार कारबाही प्रक्रिया अघि नबढाए आयोगको क्षमतामाथि नै प्रश्न उठ्ने देखिन्छ ।

 

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com