डन्डीफोरले हुन्छ बोर !


युवा अवस्थामा आउने डन्डीफोरलाई पाइलो सिवेसियस युनिट भनिन्छ । मानीसको कपाल आउने ग्रन्थिसँग चिल्लोको ग्रन्थि मिसिन जाने हुन्छ । मानिसको मुखमा चिल्लोको मात्रा बृद्धि हुँदै जाँदा डन्डीफोर आउने क्रममा पनि बृद्धि हुँदै जाने गर्दछ । मानिसको अनुहारमा आउने डन्डीफोर एन्ड्रोजन हर्मोन युवा अवस्थामा बडी सक्रिय हुने हुँदा यसका कारण पनि अनुहारमा डन्डीफोर आउने गरेको पाईन्छ ।

पाइलो सिवेसियसको एउटा बाटो हुन्छ । जुन सेलहरु एकदम बृद्धि हुँदै जान्छ । यसले गर्दा कपालको खुला भाग बन्द हुन जान्छ र त्यसबाट निस्कने चिल्लो पदार्थको मात्रा बढ्दै जाने तर बाहिर निस्कने बाटो बन्द हुने समस्याका कारण अनुहारमा डन्डीफोर देखा पर्छ ।

मानीसको गलामा सामान्य किरा हुन्छ, जुन छालाको लेवल मिलाउन बनेको हुन्छ । पियाक्नी नामको किरा को बृद्धिले पनि अनुहारमा डन्डीफोर आउने हुन्छ । छालाबाट चिल्लोबाहिर आउन नसकेको अवस्थामा साना दाना देखिने र त्यो बृद्धि हुँदै जाने र यसले धेरै ठूलो समस्या निम्त्याउने गरेको देखिन्छ ।

अनुहारमा देखिएको चिल्लोका कारणले विमिरा नफुट्ने बढ्दै जाने र पछि फुटेपछि त्यसबाट रगतबाहिर आउने हुदाँ त्यसबाट संक्रमण हुने गर्छ । रगतमा हुने कोसिकाहरुबाट किरा निस्कने गर्छ । यसले गर्दा डन्डीफोर बन्ने गर्छ । वंशाणुगत रुपमा पनि डन्डीफोर आउन सक्छ । मुख्यतया बजारमा बेच्न राखेको तेलहरु जस्तो पायो उस्तै लगाउनु हुदैन ।

तेलको धेरै प्रयोगले गर्दा कपालको वरिपरी बग्ने र त्यसको कोषिकाहरुबाट डन्डीफोर निस्कन सक्छ । डन्डीफोर धेरै प्रकारका हुन्छ । महिलाहरुको पाठेघरमा समस्या भएको खण्डमा पनि डन्डीफोर आउने गर्दछ ।

डन्डीफोर जाडो र गर्मीमा कति भन्ने हुँदैन तर जाडोमा हामीले धेरै बाक्लो लुगाहरुको प्रयोग गर्ने भएका कारण हाम्रा शरीरका प्वालहरुबाट हावा छिर्न नपाउँदा शरिरका प्वालहरु बन्द हुन जाने र गुम्सिएर डन्डीफोर आउने गरेको पाईन्छ ।

मुखमा चिल्लो नपार्न हामीले फेसवासहरु प्रयोग गर्ने कतिपय फेसवासले बन्द भएका प्वालहरु खेल्न मद्धत गर्दछ । जाने र नजानेर पनि कपालमा तेल हाल्ने काम गर्नु हुदैन ।

हातले डण्डीफोर कदापी नछुने
हामी अनुहारमा सामान्य बिमिरा आएको देख्न साथ त्यसलाई चलाउने फुटाउने गर्छौ । यो प्रबृतिले स्वास्थ्यमा असाध्यै नराम्रो असर पारेको हुन्छ । हामीले अनुहारमा आएका बिमिराहरुलाई चलाउने काम गरेको खण्डमा विभिन्न संक्रमणहरु फैलिन जान्छ ।

नपाकेको डन्डीफोर भए विभिन्न मलामहरु पाईन्छ त्यसको प्रयोग गर्न सक्छौं । त्यसले खोल्न मद्धत गर्छ तर पाकेको भए र धेरै फैलेको भए मेडिसिन चलाउनु पर्ने हुन्छ ।

कतिपय समस्या पाठेघरबाट पनि आएको हुन सक्छ । महिलाको अनुहारमा छोरा मान्छेको जस्तो रौहरु आएको खण्डमा, धेरै बिमिराहरु आएको अवस्था मा पाठेघरमा समस्या हुने सम्भावना धेरै रहेको पाइन्छ ।

अत्याधिक मोटो भएमा समस्या हुन्छ । यस्तो अवस्थामा कडा प्रकारको औषधि चलाउनु पर्छ । तर आज भोलि जता ततै गैरकानुनी रुपमा खोलिएका पसलहरुले मानिसलाई भ्रम पैदा गराइ औषधि बेचिरहेको अवस्था छ ।

चिकित्सकहरुको सल्लाहबिना प्रयोग गर्न नहुने औषधिहरुको प्रयोग गरेर स्वास्थ्यलाई झन समस्यामा पुर्याइरहेका छन् । यस्ता औषधिको प्रयोग पनि विमिरा आउनुको एक कारक तत्वभित्र पर्दछ ।

डन्डीफोरले निम्त्याउछ मानसिक रोग

शरिरमा धेरै डन्डीफोर आएको व्यक्ति सधै चिन्तामा रहेको हुन्छ । कसरी अनुहार सफा र सुन्दर बनाउने सपनाले उसलाई सधै चिन्तित बनाएको हुन्छ । अझ पछिल्लो समयमा हेर्नेहो भने डन्डीफोर भएका व्यक्तिहरुमा मानसिक रोगको समस्या पनि देखिन थालेको छ ।

ओपिडीमा आएका विरामी र विद्यार्थीहरुमा गरेको अध्ययन अनुसन्धानले धेरै तन्नेरी अवस्थाका युवा, युवतीहरुमा आत्मबल कम भएको र मानसिक चिन्ता बढि भएको पाइएको छ । यो समस्या समाधान हुने कुरा हो तर आफै जान्ने भएर राम्रो बन्नलाई जस्तो पायो उस्तै क्रिम लगाउने बानीको अन्त्य गर्नै पर्छ । समयमै परीक्षण गरेको खण्डमा जस्तोसुकै समस्या भएको व्यक्तिको पनि उपचार सम्भव छ । त्यसका लागि डन्डीफोर हातले चलाउँदै नचलाउने चलाएको खण्डमा दाग बस्ने, खाल्टा हुने हुन्छ ।

डन्डीफोर खानासँग सम्बन्धित छैन
डन्डीफोर आउनुमा मानिसहरु निद्रा नपुगेर, चिल्लो खाएर, पेटमा समस्या आएर भन्ने सोच्छन त्यो सरासर गलत हो । डन्डीफोर आउनु खानपिनसँग कुनै सम्बन्ध छैन । खानपिनले भनेर प्रचारबाजी मात्रै भएको हो । हरेक अनुसन्धानले पनि खानपिनका कारण डन्डीफोर आउँछ भनेर पत्ता लगाएको अवस्था हैन । नर्मल भन्दा ठूल्ठूला डन्डीफोर आयो भने केहि नमिलेर भन्दा पनि तत्काल परीक्षण गराउनु राम्रो हुन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com