स्वास्थ्य मन्त्रालयसँग सम्पर्कबिहीन कोशीका डाक्टर पन्त कहाँ छन् ?


काठमाडौं । कोशी अस्पतालका कन्सलटेन्ट रेडियोलोजिष्ट (नवौं तह) डा. ओमबिजु पन्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्पर्कबिहीन रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उनी साढे तीनवर्षदेखि सरकार र पदाधिकार रहेको कोशी अस्पतालसँग सम्पर्कबिहीन अवस्थामा छन् ।

मन्त्रालयले पन्तलाई विदा स्वीकृत नगराई सेवामा अनुपस्थित रहेकाले सेवाबाट बर्खास्त गर्न स्पष्टीकरण सोध्न सार्वजनिक सूचना जारी गरेपछि यो रहस्यबाहिर खुलेको हो ।

स्वास्थ्य मन्त्रालयले कोशीका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. पन्तलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)(ज) को कसुरमा सोही ऐनको दफा ७२(ख)१ बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी बर्खास्त गर्ने प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले उनलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१) ज को कसुरमा कारवाही किन नगर्ने ? नगर्नुपर्ने कुनै कारण भए सुबद प्रमाणसहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना निकालेको छ।

कोशी अस्पतालबाट स्वास्थ्य मन्त्रालयलाई जानकारी नै नदिई  गायब भएका डा. पन्त नेपाल मेडिसिटी अस्पतालमा रहेको स्वास्थ्य लाइभले फेला पारेको छ । सरकारी जागिर खाएर निजी अस्पतालमा मस्ती गर्दै आएका डाक्टरहरुको संख्या पछिल्लो समय बढिरहेको छ । पन्तले पनि त्यहीँ प्रवृत्ति देखाएको पाइएको हो

पन्त पनि साढे तीनवर्षदेखि सुटुक्क ललितपुरको भैंसपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा जागिर खाइरहेको देखिन्छ । स्वास्थ्य सेवा ऐनको खिल्ली उडाएर उनले सकारलाई ठगेका मात्रै छैनन् आफ्नो पेशाकोसमेत बदनाम गर्ने काम गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com