कोरोनाको ओमिक्रोन भेरिएन्टबाट बेलायतमा एकको मृत्यु 


काठमाडौं । कोरोना (कोभिड-१९)को ओमिक्रोन भेरिएन्टबाट बेलायतमा एकको मृत्यु भएको पुष्टि भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्टबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन डेल्टा भन्दा बढी संक्रामक रहेको घोषणा गरिसकेको छ ।

बेलायतमा एकै दिन झन्डै एकसय व्यक्तिमा ओमिक्रोन संक्रमण भएको बेलायती सञ्चार माध्यमले जनाएको छ । यो भेरिएन्ट तीब्र गतिमामा फैलिरहेको बेलायती सञ्चार माध्यमको भनाइ छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com