बागमतीका विद्यालयमा १ सय ५६ नर्स राख्ने तयारी


काठमाडौं । बागमती प्रदेशका विद्यालयमा १ सय ५६ नर्स राख्ने तयारी भएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले १ सय ५६ जना विद्यालय नर्स सेवा करारमा लिन विज्ञापन गरेको हो । पाँचौं तहको विद्यालय नर्समा जागिर खान इच्छुकले १५ दिनभित्र दरखास्त दिनु पर्ने विज्ञापनमा उल्लेख छ ।

 

लिखित, मौखिक र अन्य तरिकाले मूल्यांकन गरेर उक्त पदमा छनौट गर्ने बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com