रक्षामन्त्रीबाट राजीनामा दिएका डा. रिजाल स्वास्थ्य सेवामा लाग्ने


काठमाडौं । रक्षामन्त्रीबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजाल पुण्यश्री प्रतिष्ठानमार्फत स्वास्थ्य सेवामा सक्रिय हुने भएका छन् ।

मोरङ्ग क्षेत्र नं २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी ५० लाख रूपैयाँ अनुदान दिँदै पुण्यश्री प्रतिष्ठान सुरू गर्ने उनको  निर्णय छ ।

मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाएकाले त्यहाँका नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्नेगरी डा. रिजालले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेर प्रतिष्ठानमार्फत स्वास्थ्य सेवामा सक्रिय हुने भएका हुन् । कांग्रेस महामन्त्रीमा पराजित भएपछि डा. रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएर स्वास्थ्य सेवामा लाग्ने निष्कर्षमा पुगेको जनाएका छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com