यी हुन् काठमाडौं उपत्यकामा सञ्चालित कोरोनाविरुद्धको खोप केन्द्र


काठमाडौं । कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि  कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई तीब्र गतिमा अगाडि बढाएको छ । सरकारले विभिन्न ठाउँमा खोप केन्द्र तोकेर भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनेका खोप लगाउने काम गरिरहेको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौं भक्तपुर र ललितपुरमा निश्चित खोप केन्द्र तोकेर सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यी ठाउँमा गएर खोप लगाउन सकिन्छ 

काठमाडौंः

समय :- बिहान १० बजेदेखि ३ बजेसम्मः

सशस्त्र प्रहरी बल अस्पताल,

वीरेन्द्र सैनिक अस्पताल,

नेपाल प्रहरी अस्पताल;

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल;

परोपकार प्रसूतीगृह तथा स्त्रीरोग अस्पताल;

सहिद मेमोरियल अस्पताल;

लोट्से भवन;

वीर अस्पताल; वयोधा अस्पताल;

निजामती कर्मचारी अस्पताल;

एपेक्स पोलीक्लिनिक

भक्तपुरः

समय :- बुधवार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्मः

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल

समय :- बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्मः

ख्वप अस्पताल

ललितपुरः

समय :- बिहान १० बजेदेखि ३ बजेसम्मः

पाटन अस्पताल,

छवा-बहाल जनस्वास्थ्य शाखा,

सैँबु स्वास्थ्य चौकी,

लुभु प्राथमिक स्वास्थ्य केन्द्र,

इमाडोल स्वास्थ्य चौकी,

बज्रबाराही चापागाउँ अस्पताल,

बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र,

लेले प्राथमिक स्वास्थ्य केन्द्र,

भट्टेडाँडा स्वास्थ्य चौकी,

चौघरे स्वास्थ्य चौकी,

गोटिखेल स्वास्थ्य चौकी

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com