कानको जोखिमबाट छुटकारा पाउने उपायहरु


–हाम्रो नेपाली समाजमा कान चिलायो, अथावा केहि सफा गर्नु प¥यो भने सिन्का वा अरु कुनै वस्तुले कान कोट्याउने प्रचलन रहेको छ । यस्तो कार्य कान र समग्र स्वास्थ्यको हिसावले जोखिम मानिन्छ ।

– धेरै मानिसहरुमा कानको समस्या देखिने गरेको छ । त्यसमा पनि बिभिन्न कारणले कान पाक्ने समस्या धेरैमा देखिने गर्छ । यस्तो समस्या भएका व्यत्तिहरुले नुहाउँदा खेरी कानमा पानी पस्नवाट बचाउनु पर्दछ ।

–कानमा रहेको कानेगुजि फाल्ने वा कुनै पनि बाहानामा कानमा तेल हाल्ने अर्को हाम्रो परम्परा छ । अझ साना बच्चामा तेल हाल्ने र घाममा तताउने चलन छ त्यस्तो कहिल्यै नगर्ने ।

–सामान्य समस्याले गर्दा कान पाक्ने हुदाँ नुहाएको समयमा कानमा कपास हालेर नुहाउने गर्नु राम्रो मानिन्छ ।

– पौडि खेल्दा सिधै कानमा पानी पस्न जाने र त्यसले जोखिम निम्तिने हुनाले बिशेष गरी पौडि खेल्दा जोगिने गर्नु पर्दछ । अझ कान पाक्ने समस्या भएका व्यत्तिहरुले पौडि नखेल्ने ।

–कानको समस्या जन्मजात हुन पनि सक्दछ । त्यसैले गर्मवती अवस्थामा महिलाको स्वास्थ्य जांच गराउन छुटाउनु हुदैन । महिलाले द्युमपान तथा मद्यपान गदा बच्चाको कानलाई असर पर्न जान्छ । गर्भवति भएको अवस्थामा औषधिको सेवनमा पनि सचेत बन्नु पर्छ ।

–सानै उमेरदेखि कानको उचित ख्याल राखेमा र सरसफाई गरेमा कानमा लाग्ने विभिन्न रोगहरुवाट बच्न सकिन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com