ग्रीन टी प्रति मानिसको बढ्दो आकर्षण : यस कारण खाने ग्रीन टी


ग्रीन टी पछिल्लो समय सबैले सुन्दै र थाहा पाउँदै आएको बिषय हो । स्वस्थ्य रहनका लागि मानिसहरुले ग्रीन टीको प्रयोग गरेको पाइन्छ । यसको प्रयोगमा चिकित्सकहरुले पनि राम्रै सल्लाह सुझाव दिने गरेका छन् । नेपालमा यसको ठुलो व्यवसायभ ने भैसकेको छैन । तर पछिल्लो समय इलाम लगायत केहि जिल्लाहरुमा भने ग्रीन टीको व्यवसायीक खेति पनि गर्न थालिएको छ । सामान्यतया चियाको बोटका नयाँ मुनाबाट प्रशोधन नगरी बनाइएको हुन्छ । ग्रीन टीको फाइदा बारे लामो समय देखि इलामबाट कोठमाडौंको अनमनगरमा आएर व्यवसाय गर्दै आएकी फुलमाया लिम्बु यस्तो सुझाव दिन्छीन ।

ग्रीन टीका फाइदाहरु

–पछिल्लो समय ग्रीन टी प्रतिको मानिसको आकर्षण बढेको पाईन्छ । ग्रीन टीले मानिसको आखाँको ज्योती बढाउन मद्दत गर्छ ।

–एकै पटक धेरै ग्रीन टीको प्रयोग पनि फाइदाजनक मानिदैन तर एक स्वस्थ्य मानिसले दिनमा ५ देखि ६ कप मोटो व्यक्तिको हकमा खाए राम्रो मानिन्छ । छर शरीर पातलो भएका व्यक्तिले ग्रीन टी को प्रयोग गर्दा दिनमा २ कप प्रयोग गरेको उपयुक्त मानिन्छ ।

– मानिसमा देखिने गरेका बुढोपनालाई पनि ग्रीन टीको नियमित प्रयोगले केहि हदसम्म कम गर्नुका साथै अल्जाइमर रोग लाग्न बाट बचाउद छ ।

– मानिसहरुले ग्रीन टीको प्रयोग गदा उसको दाँत किराले खानबाट जोगाई गिजालाई स्वास्थ्य राखी विभिन्न संक्रमण हुनबाट बचाउदछ ।

–ग्रीन टीले मानिसमा दिमागको कार्यसंचालनमा राम्रो सहयोग पुर्याउने हुन्छ । यसको प्रयोगले छाला र शरिरका अरु भागमा हुने क्यान्सरको सम्भावनालाई कम गर्दछ ।


–मोटो भएको चिन्ता धेरैमा हुने गरेको पाईन्छ । यस्तो अवस्थाबाट छुटकारा पाउन मानिसले ग्रीन टीको नियमित प्रयोग गर्नु पर्दछ जसले गर्दा उसको शरीरको तौल घटाउन सहयोग पुग्छ ।

– अझै नेपालको यसको प्रयोग बारे धेरैलाई ज्ञान छैन । ग्रीन टी तितो भयो भनेर नाक खुम्च्याउनेहरुको पनि समाजमा कमि छैन । मानिसले ग्रीन टीको प्रयोग गरेको खण्डमा उच्च रक्तचाप र मधुमेह घटाउन सकिने चिकित्सकहरुले समेत बताउदै आएका छन् ।
– ग्रीन टीको प्रयोगले मानिसको शरीरमा भएको कोलस्ट्रोलको मात्रा घटाउँछ र मुटु सम्बन्धी रोगको सम्भावना लाई कम गराउन मद्धत गर्दछ ।

–दिन भरीको थकान, अचानक आइपर्ने मानसिक तनाव कम गर्न पनि ग्रीन टीको प्रयोग उत्तम मानिदै आएको छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com