बच्चा जन्मिएपछि ध्यान दिनु पर्ने कुराहरु


— जन्मिना साथ उसको श्वास प्रश्वासको मूल्याङ्कन गर्ने र बच्चा निसास्सिएको उसको नाभी काटी नवजात शिशुलाई तल्कालै कृत्रिम स्वास–प्रश्वास दिनुपर्दछ ।

—बच्चाको नाभीमा केही नलगाउने र यसलाई सफा र सुख्खा बनाएर राख्नुपर्छ । अभिभावकहरुले शिशुलाई सङ्क्रमणबाट बचाउन नाभीको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

—बच्चाको स्वास्थ्यका बारेमा चिकित्सक नर्स सबैले चनाखो भएर बस्नु पर्ने हुन्छ । जन्मनासाथ प्रयोग भएका कतिपय कपडाहरु भिजेका हुन्छन् । यस्तो कपडालाई बच्चाको शरीरबाट हटाउने ।

—हाम्रो गाउँ घर या कतिपय सहरी क्षेत्रमै पनि बच्चा जन्मनासाथ सफा गरेर कपडामा राखेर सुताउने चलन अझै पनि पाईन्छ । तर यसो गर्नु बच्चाको स्वास्थ्यका लागि हानिकारक मानिन्छ । बिशेषगरी न्यानो पारेर शिशुलाई आमाको नाङ्गो छातिमा टाँसेर राख्ने अनि न्यानो र सुख्खा कपडाले छोपिदिने गर्नु उत्तम मानिन्छ ।

—बच्चा नजन्मिदा सम्म जति चिन्ता हुन्छ, जन्मिसकेपछि झन बढी चिन्ता हुने गर्दछ । बच्चाले जन्मिएपछि सामान्य रुपले श्वास लिएको छ छैन ख्याल गर्नु पर्दछ ।

— शिशु जन्मीनासाथ नाभी काट्ने गरीन्छ । गरिव, अशिक्षा, र अज्ञानताका कारण अझै धेरै मानिसहरु बच्चाको नाभि काट्दा घरायसि औजारहरु, खुकुरी, चुलेसी,कैचि, बिलेट आदिको प्रयोग गरेको पाइन्छ । यसको प्रयोग गरेर बच्चाको नाभी काट्दा संक्रमण हुने गर्दछ ।

—बिषेश गरी सबैले ध्यान दिनु पर्ने र जान्नु पर्ने कुरा भनेको नाभी काट्दा निर्मलीकरण औजारको मात्र प्रयोग गर्नुपर्दछ । मुख्यतया धागोले नाभीलाई राम्रो संग बाधेको खण्डमा संक्रमणबाट जोगाउन सकिन्छ ।

—शिशुको नाभीबाट रगत आएको छ वा छैन हेर्ने । बच्चाको नाभीमा केही पनि नलगाई खुला छोडिदिनुपर्दछ । बच्चामा संक्रमण हुने स्थान नाभीनै भएका कारण छुदा खेरी पनि हाल राम्रो संग धोएर मात्रै छुने गर्नु पर्दछ ।

 (लेखक स्वास्थ्य विमा बोर्डमा कार्यारत नर्स हुन्)

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com