जाडोमा हुनसक्छ फोक्सोको संक्रमण


जाडो मौसममा चिसो हावा श्वास प्रश्वासका माध्यमबाट शरिको अतिनै संवेदनसिल अंग फोक्सोमा पुग्ने गर्छ । फोक्सोमा पुगेको चिसोका कारण विरामीहरुलाई एलर्जि हुने गर्दछ । जाडो याममा पानी कम पर्ने भएकोले पनि बाहिरि वातावरणमा धुलोका कर्णहरु धेरै हुने हुन्छ । जवकी बर्खामा पानी धेरै पर्ने हुन्छ र बोटविरुवाको पातहरुमा रहेको धुलो पानीको थोपासंगै जमिनमा मिल्न जाने गर्छ । यसले गर्दा जाडो याममा हावाको माध्यमबाट धुलोका कर्णहरु विरुवाका पातहरुमा रहने हुन्छ र मानीसले लिने श्वास प्रस्वासको आधारमा फोक्सोमा जाने हुनाले श्वास प्रश्वासका रोगीहरुको संख्या जाडोमा बढि पाईने हुन्छ ।
धुलु धुवाका कारण हुने एलर्जी रोग जाडोमा धेरै पाइन्छ । भाइरल इन्फेक्सन, ब्याक्टेरीयल इन्फेक्सनका कारणले मानीसमा निमोनियाको संख्या बढि हुने हुन्छ । पहिल्यै देखिका श्वास प्रश्वासका दिर्घ रोगिहरु जस्तै द्युमपान तथा मद्यपान गर्नेहरुमा हुने दमको रोगी ( सिओपिडि रोग ) एलर्जीकै कारण हुने क्रोनिकबङ्केलआज्मा भन्ने रोग, त्यसैगरी आइएलडि भन्ने रोग जसले जाडोमा बढि सताउने गर्छ । पहिला बिभिन्न कारणले फोक्सो ड्यामेज भएकाहरुलाई जाडोले धेरै सताउने गर्छ । यो जाडो समयमा एलर्जि, भाईरल इन्फेक्सन बढिहुने, निमोनिया, दमखोकीका बिरामीहरुलाई झन समस्या पर्ने हुन्छ । विगतमा टिभि निमोनिया भएकाहरुलाई पनि यस समय थप असर पार्नसक्ने हुदाँ फोक्सोका रोगीरुहको मात्रा समुदायमा बढ्न जान्छ । यस्तै समस्याले गर्दा जाडो समयमा धेरै बिरामीहरु श्वास प्रश्वास सम्बन्धी समस्या लिएर आउने गर्दछन् ।

जाडोमा पहिलो प्रार्थमिकता फोक्सोको सुरक्षा
जाडो मौसममा मानीसले ध्यान दिनुपर्ने भनेको पहिलो फोक्सो को सुरक्षा नै हो । तराइमा यतिवेला सितलहर परेको छ । गरिविले पनि त्यस क्षेत्रलाई गाजेंको छ । धरै मानीसहरु राम्रो खानत के जाडो ढाक्ने एक सरो लुगासम्म लगाउन सक्ने अवस्थामा छैनन् । यसको प्रत्यक्ष अप्रत्यक्ष असर शरिरमा पर्ने गर्दछ । तराइको सितलहरले युवा, केटाकेटी, बृद्ध बृद्धा सबैलाई समस्यामा पारेको छ । मानीसले श्वास प्रश्वास लिदा त्यहाको चिसो र धुलोका कर्ण सधै फोक्सोमा मिसिन जाने भएकाले जाडो समयमा फोक्सोलाई सुरक्षीत कसरी राख्ने भन्ने कुरा चुनौतिको विषय बनेको छ । भाईरल र ब्याक्टेरीयाका जिवाणु चिसो हावा संगै शरिर भित्र प्रवेश गर्ने भएकाले पनि दमका विरामीको संख्या यस समयमा बृद्धि भएको पाइन्छ ।
कुपोषणका कारण चिसोमा बढि संक्रमण
.अझै पनि हाम्रो मुलुकमा सन्तुलित आहारा ( दाल, भात, तरकारी, अचार, माच्छा, मासु, फलफुल) को प्रयोग गर्न नपाउनेहरुको जमात पनि कम छैन । यस्तो जनसंख्या निकै ठुलो मात्रामा रहेको छ । उनीहरुलाई कुपोषणका कारणले गर्दा रोगसंग लड्ने क्षमता कम हुने गर्छ जसका बाबजुत तिनीहरुमा संक्रमण धेरै छिटो छिटो हुने गर्दछ । अर्को विषय भनेको जो कोहि पनि चिसोबाट जोगिन तातोमा बस्न रुचाउने्, तराइका क्षेत्रहरुमा दाउँरा, गुइठा बाल्ने र ताप्ने गर्छौ त्यसबाट निस्किएको धुवाले हाम्रो शरिर भित्रका अंगमा कस्तो असर गर्दै छ त्यसको ख्याल गर्दैनौ । यसरी निस्किएको धुवाले सिधै फोक्सोमा असर गरिरहेको हुन्छ ।
गाउँका साना घरहरुमा जाडो छल्न आगो बोल्ने आगो बालेरै सुत्ने गरेको पाईन्छ । आगो बल्नका लागी पनि अक्सिजन आवश्यक पर्छ भने मानीसलाई श्वास प्रश्वासका लागी पनि अक्सिजन आवश्यक पर्छ । यस्तो अवस्थामा अक्सिजन पनि कम हुदै जाने र कार्वनमनो अक्साइड बन्ने हुदा त्यसले मानीसको दिमागलाइ झुम्म बनाउने, सुर बेसुर बनाउने र ब्रेन ड्यामेज सम्म हुने हुदा मानीस सुतेको अवस्थामै मर्न सक्छ । त्यसले गर्दा जाडो भयो भन्दैमा आगो बालीबाली सुत्ने , आगो धेरै ताप्ने गर्नु स्वास्थ्यका लागी राम्रो पक्ष मानीदैन ।
कसरी सुरक्षीत बन्ने
गर्मी समयमा भन्दा जाडो समयमा श्वास प्रश्वासका बिरामीहरु बढि हुने हुदा उनीहरुले स्वास्थ्य परिक्षण गराइरहनु पर्दछ । स्वास्थ्यमा सामान्य परिवर्तन आउन साथ स्वास्थ्य परिक्षण गराउनु पर्छ । यस समय दमका रोगिहरुमा संक्रमणको दर आधा बन्दा बढि बृद्धि भएर जान्छ । यस्तो अवस्थामा विरामीहरुमा श्वास प्रश्वासको मात्रा बढ्ने, खोकि बढ्ने, खकारमा सेतो बाट बाक्लो र सेतो बाट पहेलो खकार आयो र पहेलो खकार बाट हरियो खकार आयोभने थप संक्रमण भएको भनेर जान्नु पर्दछ । यसरी समस्या देखिएको खण्डमा औषधिको मात्रामा बृद्धि गर्नुको बिकल्प हुदैन । सधै प्रयोग गर्दै आएको औषधिको मात्रामा पनि दोब्बरले बढाएर जाडोभरी सेवन गर्नु पर्छ ।
खानपिनमा विचार पुर्याउनु पर्छ
दम खोकिका विरामीले आफ्नो खानपिनमा विचार पुर्याउनु पर्छ । जाडोमा दहि महिको प्रयोग, चिसो फलफुलको प्रयोग गर्नाले खोकी लाग्ने हुन सक्छ । अझ अनारको प्रयोग उत्तम मानीन्छ तर यो मौसममा कति पय अनार अलि अमिलो हुने हुदा घाटी खसखसाउने र खोकि बढाउने हुन्छ । सुपहरु, मनतातो पानी को प्रयोग गर्नु पर्छ पानीको कमीले गर्दा खकार सिगानहरु पातलो हुने गर्छ त्यसैले प्रसस्त मनतातो झोल खानेकुराहरुको सेवन गर्नु पर्दछ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com