वीपी प्रतिष्ठानमा बेथिति 

औषधि कमिसनपछि इम्प्लान्टमा मुछियो डा. श्रेष्ठको नाम


काठमाडौं । निश्चित ब्रान्डको औषधि लेख्न लगाएर विवादमा आएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अर्थोपेडिक्स विभाग प्रमुख (एचओडी) विक्रमप्रसाद श्रेष्ठले नाम अर्को काण्डमा मुछिएको छ ।

विभागीय प्रमुख श्रेष्ठको मोबाइलबाट आएको आदेशका हवला दिँदै डा. अमित प्रसाद शाहले कमसल इम्प्लान्ट (स्टिल) लगाएको काण्डमा उनको नाम मुछिएको हो ।

वीपी प्रतिष्ठानको अर्थोपेडिक्स विभागमा कार्यरत डा. रोशन प्रसाद शाह कलवारले विभागीय प्रमुख श्रेष्ठको मोबाइलबाट आएको आदेशका हवला दिँदै डा. अमित प्रसाद शाहले सम्पूर्ण सहयोगी चिकित्सक र तथा नर्सलाई लिएर अप्रेशनमा प्रवेश गरि आफूले प्रयोग गरेको साइन नेल विरामीको हड्डीबाट निकाली स्थानीय बजारको कमसल खोक्रो (होलो नेल) प्रयोग गरेको तथ्य सार्वजनिक गरेका छन्  ।

हड्डी फ्याक्चरको लागि साइन नेल प्रयोग गर्दा अपरेसन चाँडो पनि हुने र अपरेसनको कुअसर पनि कम हुने उनको दाबी छ ।

 

घुँडा वरिपरिको विशिष्टकृत अप्रेसन सकेपछि खुट्टाको नली हड्डी फ्याक्चरको लागि साइन नेल प्रयोग गर्न खोज्दा डा. अमित लिम्बुले दादागिरी शैलीमा अप्रेसनमा प्रत्यक्षरुपमा संलग्न सम्पूर्ण अन्य सहयोगी नर्सलाई निकालेको डा. कलवारले निकालेको विज्ञप्तिमा उल्लेख छ । आफूले जेनतेज एक्लै बलियो, दह्रो र नि:शुल्क साइन नेल लगाउन कोशिश गर्दै गर्दा डा. अमित प्रसाद शाहले हस्तक्षेप गरेको उनको भनाइ छ ।

डा. कलवारले ले ५ वटा समस्या प्रति जिम्मेवार को हुने भनि प्रश्न उठाएका छन् ।

साइनले दिएको नि:शुल्क नेल हुँदाहुँदै व्यापारीसँगको साँठगाँठमा मूल्य तिरेर कमसल खोक्रो नेल हाल्नुले वीपीका चिकित्सकको गतिविधिमाथि गम्भीर प्रश्न खडा भएको छ ।

स्वास्थ्य लाइभलाई यसअघि पनि डा. श्रेष्ठले वीपीको अर्थोपेडिक्स टिमको गोप्य च्याटमा खास ब्रान्डको औषधि प्रेसक्रिप्सन (सिफारिस) गर्न अर्थोपेडिक्स विभागमा कार्यरत चिकित्सकहरुलाई निर्देशन दिएको तथ्य सार्वजनिक गरेको थियो । फेरि उनकै विभागमा अर्को घटना घटेको पाइएको छ ।

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा ब्रान्ड तोकेर औषधि सिफारिस गर्न निषेध गरेको छ । तर श्रेष्ठले औषधिको बान्ड नै तोकेर सिफारिस गर्न भनेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको थियो । त्यो विषयमा कतैबाट कारबाही नभएपछि अहिलेको मिलेमतोमा कमसल स्टिल प्रयोग गरेको तथ्य डा. कलवारमार्फत बाहिर आएको हो ।

वीपीको अर्थोपेडिक्स विभागमा औषधिको काण्डबाहिर आएलगत्तै स्टिल(इम्प्लान्ट) काण्डमा पनि त्यहीँ किसिमको बदमासी देखिनुले विभागीय प्रमुख डा. श्रेष्ठको भूमिकामाथि झनै गम्भीर प्रश्न उब्जिएको छ ।

वीपी प्रतिष्ठानका चिकित्सले इथिक्सविपरीत यस्तो काम गरेको सार्वजनिक हुँदा पनि नेपाल मेडिकल काउन्सिल जस्ता नियामक निकायले मौन छन् ।

यता नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी यो विषयमा उजुरी परेको र छानविनको क्रममा रहेको स्वास्थ्य लाइभलाई बताए । न्यायिक छानविन समिति बनाएर दुबै पक्षको कुरा सुनेर तथ्य सत्यबाहिर ल्याउने उनको भनाइ छ ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com