वीपीमा लापरबाही भएको भन्दै सीसीटीभी फुटेज मगाइयो


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बिरामीको अपरेशन गर्दा लापरबाही गरेको विषयमा प्रहरीले सीसीटीभी फुटेज मगाएको छ ।

ईलाका प्रहरी कार्यालय धरानले वीपी प्रतिष्ठानको अर्थो अब्जरबेसन वार्डको बेड नं. १४ मा उपचारमा रहेका बिरामी ललितकुमार शाहको आफन्त रामकुमार शाहले बिरामीको लापरबाही तरिकाले अपरेशन गरी पुन: अपरेशन गर्न परेकोमा कारबाही क्षतिपूर्ति समेत दिलाई पाउँ भन्ने ब्यहोराको निवेदन दिएको भन्दै सीसीटीभी फुटेज मगाएको हो ।

बिरामी शाहको अपरेशनमा खटिएका चिकित्सकको नामावली र अपरेशन गरेको भाग , अपरेशन गर्दा लापरबाही भएको थियो थिएन, अपरेशन गर्दा संकलन भएका हालसम्मका कागजातको प्रतिलिपि र अपरेशन गर्दको सीसीटीभी फुटेजलगायतका विवरण प्रहरीले अनुसन्धानका लागि मागेको हो ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com