स्वास्थ्य लाइभ फलोअप

वीपी प्रतिष्ठानको हार्डजोर्नी विभागको लफडामा काउन्सिलको छानबिन


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको हार्डजोर्नी विभागमा भएको लफडामा नेपाल मेडिकल काउन्सिल छानबिन सुरु गरेको छ ।

वीपी प्रतिष्ठानको हार्डजोर्नी विभागमा बिरामी ललितकुमार शाहको अपरेशनमा लापरबाही गर्दा ८ घण्टा बढी समय लागेर र चिकित्सकहरुबीच लफडा परेको विषयमा नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको थियो । बिरामीको खुट्टामा हालिसकेको इम्प्लान्ट (स्टिल) निकालेर कमिसनको चक्करमा अर्को इम्प्लान्ट हालेको विषयलाई लिएर काउन्सिलले विशेष अनुसन्धान गर्ने भएको छ ।

काउन्सिलमा रजिष्ट्रार डा. कृष्ण अधिकारीले वीपी प्रतिष्ठानमा बिरामी गर्दा चिकित्सकले लापरबाही गरेको भन्ने विषयमा परेको उजुरी आधारमा काउन्सिलले छानबिन सुरु गरेको बताए । नेपाल मेडिकल काउन्सिलको व्यवासायिक आचारण तथा स्वास्थ्य समितिलाई उक्त विषयको छानबिन गर्न जिम्मेवारी दिएको उनको भनाइ छ ।

मेडिकल काउन्सिल उच्च स्रोतकाअनुसार समितिको टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमै गएर विस्तृत अध्ययन गर्ने तयारी थालेको छ । वीपी प्रतिष्ठान हार्डजोर्नी विभागका चिकित्सहरुबीच कमिसनको खेलमा सोलिड साइन नेल इम्प्लान्ट र होलो नेल इम्प्लान्ट (स्टिल) हाल्ने विषयमा झन्डै ८ घण्टा बिरामीमाथि यातना दिने काम भएको विषय सार्वजनिक भइसकेको छ ।

प्रा. डा. विक्रम प्रसाद श्रेष्ठको नेतृत्वमा रहेको उक्त विभागमा औषधिदेखि उपकरणसम्ममा कमिसनको खेल हुने रहेछ भन्ने विषय विभाग कै चिकित्सहरूबीचको लफडाले बाहिर ल्याएको छ ।

हार्डजोर्नी विभागका कार्यरत चिकित्सक रोशन कुमार शाहले बिरामी ललितकुमार शाहको खुट्टामा हालिसकेको इम्प्लान्ट निकालेर चिकित्सक अमित विक्रम शाह, अमित लिम्बुलगायतले अर्को इम्प्लान्ट हालेको विषयलाई केन्द्रमा राखेर काउन्सिलले छानबिन गर्ने भएको छ ।

यसैबीच वीपी प्रतिष्ठान हार्डजोर्नी विभागको विभागीय प्रमुख र विभागको समस्या छताछुल्ल पारेको भन्दै उपचारमा संलग्न चिकित्सक कलवारलाई ३० दिनका लागि निलम्बन गरिएको छ ।  हार्डजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले क्षेत्राधिकार बाहिर गएर कलवारलाई निलम्बन गरेको देखिन्छ ।

वीपी प्रतिष्ठानको हार्डजोर्नी विभागका चिकित्सहरुबीच एक-अर्काको पोल खोलाखोल गर्ने क्रम जारी छ । मेडिकल काउन्सिलले पठाउने लागेको छानबिन समितिले यसको वास्तविकता कसरी पैल्याउँछ हेर्न बाँकी छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com