टेकु अस्पतालमा खोप कार्यक्रम रोक्ने निर्णय २४ घण्टा टिक्न सकेन


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप कार्यक्रम रोक्ने निर्णय १४ घण्टा पनि टिक्न सकेन ।

भोलि बिहान १० बजेदेखि नियमित खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले सार्वजनिक सूचना निकालेको छ ।

अस्पतालकी निर्देशक डा. मनिषा रावलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय नै नगरी ७ दिनको लागि खोप कार्यक्रम स्थगित गरेपछि स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गरेर खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो ।मन्त्रालयले खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि आजै बैठक बसेर अस्पतालले भोलिदेखि कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

५० जनाभन्दा बढी कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारी संक्रमित भएको कारण देखाउँदै अस्पतालले खोप कार्यक्रम स्थगित गरेको थियो । माघ १६ गतेसम्म स्थगित भएको खोप कार्यक्रम भोलिबाट फेरि सुचारू हुने भएको छ ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी, काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम ११ गतेदेखि नियमित सञ्चालन हुने निर्देशक रावलद्वारा जारी सूचनामा उल्लेख छ ।

अस्पतालले खोप कार्यक्रम रोक्नुको कारण जे देखाए पनि व्यवस्थापकीय कमजोरीका कारण रोकिएको खोप कार्यक्रम स्वास्थ्य मन्त्रालयको हस्तक्षेपपछि पुन: नियमित रूपमा सञ्चालन  हुन लागेको हो ।

क्याटेगोरी : प्रदेश, समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Hospital, ##taku

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com