केयूले मेडिकल कलेजका होस्टललाई ऐच्छिक गरायो


काठमाडौं । काठमाडौं विश्वविद्यालय(केयू)ले मेडिकल कलेजका होस्टललाई ऐच्छिक बनाएको छ ।

चिकित्सा शिक्षा आयोगको मिति २०७८ पुस ५ गते जारी सूचनाको बुँदा नम्बर (ग) अनुसार एमबीबीएस तहम अध्ययनका लागि होस्टल सुविधा विद्यार्थीको ऐच्छिक विषय हुने उल्लेख भई आएको जनाउँदै केयूले होस्टल सुविधालाई ऐच्छिक बनाउने गरी आफ्नो मापदण्ड संशोधन गर्ने निर्णय गरेको हो ।

केयूले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिललाई होस्टल ऐच्छिक बनाएको जानकारी गराएको छ ।

त्यस्तै विद्यार्थीहरुले साझै काठमाडौं विश्वविद्यालयको खातामा रकम दाखिला गरेको पाइएकाले सो रकम विद्यार्थीको नाममा नै गरिने पनि केयूले स्पष्ट पारेको छ ।

अतिरिक्त शुल्कका विषयमा पनि केयूले मेडिकल कलेजहरुलाई सचेत गराएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, विविध, समाचार
ट्याग : ## मेडिकल कलेज, ## होस्टल, ##केयू

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com