आजदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुलाइयो


काठमाडौं। सरकारले विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउने उद्देश्यले आजदेखि २० गतेसम्म विद्यालय खोलेको छ ।

मन्त्रिपरिषद्ले जारी गरेको आदेशअनुसार भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएका देशभरका विद्यालयहरु खोप लगाउने प्रयोजनका लागि खोलिएका हुन् ।

विद्यालयलाई नै खोप केन्द्र बनाएर सरकारले आजदेखि ५ दिनका लागि खोप कार्यक्रम सञ्चालन गर्ने थालेको हो । १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई खोप लगाउन सरकारले विद्यालयमै खोप कार्यक्रम सञ्चालन गरेको हो ।

यता काठमाडौं महानगरपालिकाले  खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ ।

सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #खोप केन्द्र, #विद्यालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com