बस्ने कुर्सी नै नपाई अवकाश भए स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. तिंकरी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. भिमसिंह तिंकरी बस्ने कर्सी नै नपाई सेवाबाट अनिवार्य अवकाश पाएका छन् ।

स्वास्थ्य मन्त्रालयले महत्त्वपूर्ण कोठाहरू एनजिओ/आइएनजिओलाई सुम्पेर विशिष्ट श्रेणीका अधिकारी बाह्रौं तहका डा. तिंकरीलाई अपमानजनक ढंगले अवकाशमा जान बाध्य पारेको हो ।

स्वास्थ्यका अधिकारीहरूले मन्त्रालयको महत्त्वपूर्ण ठाउँमा स्वास्थ्य क्षेत्रमा आइएनजिओ माफिया सुशील बराल, कृष्णप्रसाद शर्मा र सुरेश तिवारीले चलाएको एनएचएसएसपीलाई सुम्पेर सचिवसरहका निष्ठावान कर्मचारी डा. तिंकरीलाई बस्ने ठाउँ समेत दिन आवश्यक ठानेनन् ।

आइएनजिओको टाङमुनि छिरेर उच्च पदमा पुगेका प्रमुख विशेषज्ञलाई अपमानजनक ढंगले सेवाबाट अवकाशमा जान बाध्य पार्ने स्वास्थ्यका दलाल कर्मचारीहरूले स्वास्थ्य सेवालाई नै बदनाम गराएका छन् ।

स्वास्थ्य सेवामा प्रमुख विशेषज्ञ (बाह्रौं तह)को ४ वटा दरबन्दी सिर्जना गरिएको छ । अमुक व्यक्तिलाई बढुवा गर्नका लागि वीर अस्पतालमा समेत प्रमुख विशेषज्ञको दरबन्दी सिर्जना गरेर राज्यलाई अनावश्यक व्यभार थप्ने काम गरिएको छ । बस्ने ठाउँ समेत दिन नसक्ने स्वास्थ्य मत्रालयले यो थप भएको दरबन्दी आवश्यक छैन भन्ने पुष्टि गरिसकेको छ ।

प्रमुख विशेषज्ञ स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयमा दुईजना गरी तीनजना पनि बढी थियो । मन्त्रालयमा एउटै प्रमुख विशेषज्ञ भए प्रयाप्त हुन्छ भन्ने कुरा अहिलेको काम कारबाहीबाटै प्रस्ट हुन्छ । मन्त्रालयका  अर्का प्रमुख विशेषज्ञ डा. श्याम शुन्दर यादवको पनि मन्त्रालयमा रहँदा खासै काम देखिँदैन थियो । अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कामकाजका लागि खटाएकाले उनले भने काम पाएका छन् ।

वीर अस्पतालमाबाहिरबाट नेतृत्व पठाउने कुरामा सरकार पटकपटक असफल भएकाले त्यो ठाउँमा सिर्जना गरिएको प्रमुख विशेषज्ञको दरबन्दी नै खारेज गर्नुपर्ने देखिन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्याल संयोजकत्वमा विशिष्ट श्रेणीको दरबन्दी पुनरावलोकन गर्न गठित समितिले यो विषयमा समेत ध्यान पुर्‍याउन आवश्यक छ । प्रमुख विशेषज्ञ पद ‘मजाक’का लागि सिर्जना गर्ने र कसैलाई अपमान गर्नका लागि  त्यो पद होइन भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : ## प्रमुख विशेषज्ञ, #एनएचएसएसपी, #डा. भिमसिंह तिंकरी, #बाह्रौ तह, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com