७० प्रतिशत वयस्क जनसंख्यालाई पूर्ण मात्रा खोप लगाएकोमा अमेरिकाको बधाई !


काठमाडौं । ७० प्रतिशत जनसंख्यालाई पूर्ण मात्रा खोप लगाएकोमा अमेरिकाले नेपाललाई बधाई दिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभीड-१९ को पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो ।

दूतावासले भनेको छ, ‘अमेरिका महामारीको शुरूवातदेखिनै नेपालको कोभीड१९ प्रतिकार्यको निरन्तर सहयोगी बन्दै आएको छ, जसमा २३ लाखभन्दा बढी डोज कोभीड-१९ भ्याक्सीन समेत झन्डै १२० मिलियन डलरभन्दा बढिको आर्थिक, सामाग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको छ।’,

विश्व स्वास्थ्य संगठनले नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई पूर्ण मात्रामा खोप लगाएको उपलक्ष्यमा बधाई दिएलगत्तै अमेरिकाले पनि बधाई दिएको हो ।

नेपालीहरू भाईरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा आफूहरू हर्षित भएको अमेरिकी राजदूतावासको भनाई छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #७० प्रतिशत जनसंख्यालाई पूर्ण मात्रा खोप, #अमेरिकी राजदूतावास, #बधाई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com