कमल थापासँगै ओम अस्पतालका पूर्व अध्यक्ष पौडेलले पनि छाडे राप्रपा


काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेलगत्तै ओम अस्पतालको सञ्चालक समितिका पूर्व अध्यक्ष उद्धब पौडेलले पनि उक्त पार्टी परित्याग गरेका छन् । कमल थापा राप्रपाको अध्यक्ष हुँदा कोषाध्यक्ष रहेका पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत राप्रपासँगको संलग्नता अन्त्य गरेको घोषणा गरेका हुन् ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिमा दोस्रो पटक अध्यक्ष भएपछि वरिष्ठ चिकित्सक भोला रिजालले ओम अस्पताल छाडेर हिँडेका थिए । भोला रिजाल कै ‘स्टाइलमा’ ओम अस्पतालका पूर्व अध्यक्ष पौडेलले पनि राप्रपा छाडेको घोषणा गरेका छन् ।

‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !’, उनले फेसबुकमा लेखेका छन् ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि कमल थापा, चन्द्रबहादुर गुरुङ हुँदै ओम अस्पतालका पूर्व अध्यक्ष समेत रहेका नेता पौडेल पनि राप्रपा छाड्ने सूचीमा परेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #अस्पताल सञ्चालन समिति अध्यक्ष, #उद्धव पौडेल, #ओम अस्पताल, #कमल थापा, #कोषाध्यक्ष, #परित्याग, #राप्रपा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com