एमालेको सूर्य चिन्हबाट जितेका पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीको नयाँ दल


काठमाडौं । नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव जितेका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएका छन् ।

शुक्रबार जनता प्रगतिशील पार्टी दर्ताका लागि निर्वाचन आयोगमा त्रिपाठी अध्यक्ष रहेको दलले निवेदन दिएका छ । ३० सदस्यीय कार्यसमितिसहित सूर्य चिन्हमा चुनाव लडेर जितेका पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी अध्यक्ष रहेको दल दर्ताका लागि निवेदन परेको हो ।

त्रिपाठीको नयाँ दलको वरिष्ठ उपाध्यक्षमा डा. शिवजी यादव महासचिवमा ईश्वरदयाल मिश्र उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापाको नाम राखिएको छ ।

एमालेको सूर्य चिन्हमा चुनाव लडेर जितेका त्रिपाठीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिएका थिए । अहिले हराएको भनिएको खोपमध्ये भारतीयलाई लगाउँदा त्रिपाठी स्वास्थ्यमन्त्री र लक्ष्मण अर्याल स्वास्थ्य सचिवको भूमिकामा रहेका थिए ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## खोप बेचुवा, ## लक्ष्मण अर्याल, #जनता प्रगतिशील पार्टी नेपाल, #निर्वाचन आयोग, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री, #हृदयश त्रिपाठी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com